१६ प्रतिशतले घट्यो डिप्रोक्स लघुवित्तको नाफा

वि.सं.२०७९ वैशाख २६ सोमवार ११:००
1.03K
shares
shares

काठमाडौं, २६ वैशाख । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड (DDBL) को खुद नाफा १५.८३ प्रतिशतले घटेको छ ।
लघुवित्त कम्पनीले चैत मसान्तसम्ममा ४३ करोड ६१ लाख ३३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
गत आवको यसै अवधिमा कम्पनीले ५१ करोड ८१ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा लघुवित्तको नाफा ८ करोड २० लाख रुपैयाँले घटेको हो ।
चुक्ता पूँजी पूँजी १ अर्ब ३८ करोड ७४ लाख ९८ हजार रुपैयाँ र जगेडा कोषमा १ अर्ब ४५ करोड ९१ लख रुपैयाँ सञ्चित रहेको छ । नाफा घटेसँगै लघुवित्तको प्रतिसेयर आम्दानी १७.८४ रुपैयाँ घटेर ४१.९१ रुपैयाँमा संकुचित बनेको छ ।