साना किसान विकास लघुवित्तको नाफा सामान्य बढ्यो

वि.सं.२०७९ वैशाख २६ सोमवार ११:२४
shares

काठमाडौं, २६ वैशाख । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा लघुवित्तले ५० करोड २५ ला साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड (SKBBL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको नाफा सामान्य बढेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८.९० प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ४६ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा सामान्य बढेसँगै लघुवित्तको खुद नाफा सामान्य बढ्न पुगेको हो।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ६.४८ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ६.४६ प्रतिशत बढेको छ। त्यसैगरी, समीक्षा अवधिमा लघुवित्तको सञ्चालन मुनाफा ८.५८ प्रतिशत बढेको छ।
नाफा बढेपनि लघुवित्तको प्रतिशेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ६ रुपैयाँ ५८ पैसा घटेर ४२ रुपैयाँ ८३ पैसामा झरेको छ। चैत मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात २६.९६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २५६ रुपैयाँ २६ पैसा रहेको छ।
समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी २५ प्रतिशत बढेको छ भने जगेडा कोष १२.२७ प्रतिशत बढेको छ। लघुवित्तको सापटी २५.७५ प्रतिशत र कर्जा २३.०३ प्रतिशत बढेको छ।