छिमेक लघुवित्तको खुद नाफा २४ करोड घट्यो

2.91K
shares

काठमाडौं, २६ वैशाख । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा समीक्षा अवधिमा लघुवित्तको नाफा २३ करोड ८८ लाख ६६ हजार रुपैयाँले घटेको छ । कम्पनीले १५ प्रतिशत बढीले खुद ब्याज आम्दानी बढाएपनि नाफा वृद्धि गर्न नसकेको हो ।

लघुवित्त क्षेत्रमा विगतमा हरेक सूचांकमा अब्बल रहँदा आएको कम्पनीकोे व्यवस्थापकीय क्षमता पछिल्लो समय विस्तारै कमजोर बन्दै गएपछि पछाडि परेको हो । लघुवित्त कम्पनीले चैत मसान्तसम्ममा ७१ करोड ७१ लाख २ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको यसै अवधिमा कम्पनीले ९५ करोड ५९ लाख ६८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको नाफा २४.९९ प्रतिशत हो ।

चुक्ता पूँजी पूँजी २ अर्ब ३२ करोड ४१ लाख रुपैयाँ र जगेडा कोषमा २ अर्ब ४० लाख ४३ हजार रुपैयाँ सञ्चित रहेको छ । नाफा घटेसँगै लघुवित्तको प्रतिसेयर आम्दानी २८.५१ रुपैयाँ घटेर ४१.१४ रुपैयाँमा संकुचित बनेको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा लघुवित्तले २५ अर्ब ७९ करोड ३२ लाख रुपैयाँ निक्षेप संकलन तथा ५ अर्ब ४५ करोड ४५ लाख रुपैयाँ सापटी गरी ३२ अर्ब २० करोड १२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट कम्पनीले १ अर्ब ७५ करोड ७७ लाख रुपैयाँ खुद ब्याज आम्दानी र १ अर्ब १२ करोड ७ लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी २७ प्रतिशत, जगेडा कोष १.४१ प्रतिशत, निक्षेप १४.९५ प्रतिशत, कर्जा २९.३८ प्रतिशत र खुद ब्याज आम्दानी १५.११ प्रतिशतले बढेको छ । यस अवधिमा सापटी १२.२७ प्रतिशत, सञ्चालन मुनाफा १९.५१ प्रतिशत घटेको छ ।