Mangaldeep Aagarbatti
GBIME

काठमाडौं महानगरले विकास निर्माणका १६ टेन्डर आह्वान गर्याे

1.31K
shares

काठमाडौं, २६ वैशाख ।  काठमाडौं महानगरपालिकाले विकास निर्माणका १६ वटा टेन्डर आह्वान गरेको छ । महानगरले सोमबार सडक मर्मत, पार्क निर्माणलगायत टेन्डर आह्वान गरेको हो ।

महानगरले वडा नं १ मा नन्दकिशोर मन्दिर चौघेरा सत्तल, वडा नं ३१ मा निर्मल बाल विकास विद्यालयमा होस्टल, वडा ३ मा नारायण गोपाल संगीत कोष बिल्डिङ फिनिसिङको लागि टेन्डर आह्वान गरेको छ । करिब ४४ लाखको ज्येष्ठ नागरिक पार्क बाँसबारी, वडा नं २६ मा सडक मर्मत, गौशालदेखि पुरानो बानेश्वरसम्म फुटपाथ निर्माण, बालाजु बाइधारा पार्क विकास र स्विमिङ मूल पुनर्निर्माण रहेको छ । १ करोड २८ लाख लागतको वडा २५ मा रत्नकेतु महाविहार, वडा १६ को शुभकामना टोलमा सडक र ढल निकास, वडा २५ मा फायर हाइडेन्ट, वडा १० मा अर्वन हेल्थ क्लिनिक, न्यु प्लाजामा ढल निकास, बालमन्दिरको पुनर्स्थापनाको लागि टेन्डर आह्वान गरेको छ ।

 

 

National life Banner