मतगणना स्थलमा सिसीक्यामरा जडान व्यवस्था

3.03K
shares

काठमाडौं, २६ वैशाख । रसुवामा स्थानीय तह निर्वाचनको मतगणना जिल्ला समन्वय समितिको हलमा गरिने भएको छ ।

हललाई मतगणनास्थल तयः गरी आवश्यक पूर्वाधारसहित सिसीक्यामरा जडान गरिएको छ । मतगणना गर्दा जडित सिसीक्यामराको सहायताले निर्वाचन आयोगले समेत अनुगमन गर्नसक्ने व्यवस्था मिलाइएका हो । यस्तै गोसाइँकुण्ड गाउँपालिका–१ थुमनको वडा कार्यालयमा तोकिएको मतदानलाई निर्वाचन आयोगको अनुमतिबाट नजिकैको एक धार्मिक गुम्बामा स्थानान्तरण गरिएको छ । मतदान अधिकृत र सहायक मतदान अधिकृतको तालिमपश्चात् आइतबारदेखि मतदान कार्यमा खटिने कर्मचारीलाई कार्यस्थलमा पठाउन थालिएको छ ।
पहिलो चरणअन्तर्गत नौकुण्ड र गोसाइँकुण्ड गाउँपालिकाअन्तर्गत लाङटाङ क्षेत्रमा आवश्यक सुरक्षाका साथ कर्मचारी खटाएर पठाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचनमा खटिने कर्मचारी मङ्गलबारसम्म सबै मतदान केन्द्रमा पुगी सक्ने छन् ।