GBIME

खोटाङमा वडाध्यक्ष घागामगरको निधन

1.24K
shares

काठमाडौं, २६ वैशाख । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्माका वडाध्यक्ष धनबहादुर घागामगरको निधन भएको छ । फोक्सोमा पानी जमेपछि बिरामी हुनुभएका उहाँको ८२ वर्षको उमेरमा आज आफ्नै निवासमा निधन भएको हो ।

घागामगरलाई यही वैशाख ७ गते उपचारका लागि नोवेल अस्पताल विराटनगर लगिएको थियो । उनलाई अस्पतालबाट गए राति घर ल्याइएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले जानकारी दिए । उनी विसं २०७४ को स्थानीय तह निर्वाचनमा घागामगर कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । उनी २०३३ देखि निरन्तर जनप्रतिनिधिको भूमिकामा सक्रिय रहेका थिए । उनको निधनले पार्टीलाई मात्र नभइ जिल्लालाई क्षति पुगेको नेपाली कांग्रेस खोटाङका सभापति विष्णुकुमार राईले बताए । उहाँको आजै दाहसंस्कार गरिएको बताइएको छ ।