मन्जुश्री फाइनान्सको संस्थापक शेयर मगंलबारदेखि विक्रीमा
वि.सं.२०७९ वैशाख २७ मंगलवार १०:१०
shares
काठमाडौं, २७ वैशाख । मन्जुश्री फाइनान्सले आजदेखि संस्थापक शेयर विक्रीमा ल्याएको छ ।
कम्पनीले एक सूचना जारी गर्दै कम्पनीका संस्थापक शेयरधनी नाममा रहेको उक्त शेयर विक्री गर्ने जानकारी गराएको हो । शेयरको प्रतिकित्ता मूल्य भने तोकिएको छैन ।
कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी उक्त शेयर विक्रीको आह्वान गरेको हो ।
उक्त शेयर खरीदका लागि सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र विद्यमान संस्थापक शेयरधनीहरुले कम्पनीको केन्द्रीय कार्यालय नयाँ बानेश्वर, काठमाडौंमा आफूले खरीद गर्न चाहेको शेयर कित्ताको व्योहोरा खुलाई निवेदन पेश गर्नु पर्नेछ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेमा भने अन्य व्यक्ति तथा संस्थाहरुमा यो शेयर विक्रीको प्रकृया अघि बढाईने जानकारी कम्पनीले दिएको छ ।