GBIME

दोर्दी खोला जलविद्युतको आईपीओ खरीदको समयावधि थप

1.8K
shares

काठमाडौं, २७ वैशाख । वैशाख १३ गतेदेखि निष्कासनमा आएको दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडको आईपीओ खरीदका लागि आवेदन दिने अवधि थप भएको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि जारी गरेको आईपीओ खरीदका लागि आवेदन दिने अवधि थप गरी जेठ ५ गते कायम गरेको हो ।

कम्पनीले यस अघि छिटो अवधि वैशाख २७ गतेसम्मका लागि तोकेको थियो । यस अवधिभित्र माग बमोजिम आवेदन नपर्ने देखिएकाले अवधि थप गरेको जानकारी कम्पनीले दिएको हो ।

Dhulikhel Eco Resort 1200*100