राजस्व चुहावट गरेको अभियोगमा अन्तरा इन्टरनेसनलका सञ्चालकविरूद्ध मुद्दा दायर
वि.सं.२०७९ वैशाख २७ मंगलवार १२:२२
shares
काठमाडौं, २७ वैशाख । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा अन्तरा इन्टरनेसनलका सञ्चालक विरूद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।
विभागले सो कम्पनीका लेखापरीक्षक गणेशबहादुर केसी र श्यामसुन्दर यादवविरूद्ध मुद्दा दायर गरेको हो । अन्तरा इन्टरनेशनलले आठ करोड ५३ लाख ७७ हजार मूल्य अभिवृद्धि कर र आयकर छली गरेको पाइएको छ । विभागले आरोपीविरूद्ध शतप्रतिशत जरिवाना समेत गरी १७ करोडभन्दा बढी बिगो दाबी गर्दै मुद्दा दायर गरिएको हो ।
विभागले काठमाडौं महानगरपालिका ९२७ स्थित अन्तरा इन्टरनेसनलले प्रचलित आयकर ऐन तथा मूल्य अभिवृद्धि कर विरुद्धको अपराध गरेको पाइएको जनाएको छ भने १७ करोड सात लाख ५५ हजार बराबरको बिगो दाबी गर्दै यही वैशाख २२ गते मुद्दा दायर गरेको भए पनि आज प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ ।