क्लियरिङ हाउसबीच र ग्लोबल आईएमई नेपाल पे क्यूआर सुविधा सुरु
वि.सं.२०७९ वैशाख २७ मंगलवार १२:४७
shares
काठमाडौं,२७ वैशाख ।
नेशनल पेमेन्ट स्विचमा आबद्धमध्ये धेरैजसो संस्थाहरुले यस स्विचअन्तर्गतका विभिन्न भुक्तानी उपकरणहरु कार्यान्वयन गरिसकेका छन्।
ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल क्यिरिङ्ग हाउस लिमिटेडबीच नेशनल पेमेन्ट स्विचको पहिलो चरणको थालनीका लागि औपचारिक रुपमा नेपाल पे क्यूआर सुविधा सुचारु गर्न सम्झौता भएको छ । प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र नेपाल क्यिरिङ्ग हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले बैंकको कर्पोरेट कार्यालयमा आयोजित एक कार्यक्रममा उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। बैंकले अन्य सेवाहरु पनि उपलब्ध गराउने भनेको छ ।
बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य,मलेसिया, साउदी अरेबिया,भारत,अष्ट्रेलिया, क्यानडा, दक्षिण कोरिया, जापान कतार, युएई, बहराइन, कुवेत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ।