३० हजार डलर मुनि बिट्क्वाइनको भाउ

2.94K
shares

काठमाडौं, २७ वैशाख । भर्चुअल मुद्रा बिट्क्वाइनको भाउ घटेर सन् २०२१ को जुलाईयता पहिलो पटक ३० हजार डलरभन्दा मुनि आएको छ ।

अमेरिकाले आक्रामक रुपमा मौद्रिक नीति कसिलो बनाइरहेको अवस्था र महँगीमा भइरहेको वृद्धि बीच लगानीकर्ताहरु त्रसितबनेसँगै क्रिप्टोकरेन्सी बजार मंगलबार ओरालो लागेको छ । मंगलवार कारोबारमा बिट्क्वाइनको भाउ प्रतिगोटा २९ हजार ७६४ डलरसम्म आएको छ । नोभेम्बरको कीर्तिमानी स्तर यता बिट्क्वाइनको भाउ झन्डै आधाले घटिसकेको छ ।

अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले दशकौं यताकै उच्च स्तरमा उक्लिएको महँगी नियन्त्रण गर्न धमाधम ब्याजदर बढाइरहेको अवस्थामा लगानीकर्ताहरुले प्रविधिको शेयर जस्ता तीव्र उतारचढाव आउने शेयर र बिट्क्वाइनलगायत अन्य डिजिटल मुद्रामा रहेको लगानी झिकिरहेका छन् ।