GBIME

उपप्रमुख र वडाध्यक्ष उम्मेदवारको निदन

1.9K
shares

काठमाडौं, २७ वैशाख । सोमबार राति कपिलवस्तु र दाङका उपप्रमुख र वडाध्यक्ष उम्मेदवारको निदन भएको छ ।

उपप्रमुख शुभावति कुर्मी र वडाध्यक्ष लवरु चौधरीको सोमबार राती निदन भएको हो । कुर्मी कपिलवस्तु महाराजगन्ज नगरपालिकामा कांग्रेसको तर्फबाट उठेकी थिइन् । उनलाई हृदयघात भएको र उपचारको क्रममा जिल्ला अस्पतालमा उनको निदन भएको स्रोतले जनाएको छ ।

त्यस्तै दाङ तुल्सीपुर उपमहानगरपालिका २७ मा एमालेको तर्फबाट उठेका वडाध्यक्ष लवरु चौधरी कलेजो र मिर्गाेला रोगबाट पीडित थिए । उनको ५३ वर्षमै निदन भएको हो । उनलाइ नेपालगन्जस्थित भेरि अस्पतालमा उपचार सम्भव नभए पछि काठमाडौं ल्याएको थियो । उनको उपचारको क्रममै मृत्यु भएको हो र उनको शव दाङ लगिएको छ ।

उम्मेदवारको निदन पछि दुवै पार्टीले सम्पुर्ण कार्यक्रम स्थगित गरेको छ ।

Premier Steel Banner