GBIME

वर्षा सुरुअगाडि मेलम्चीको पानी बन्द

1.76K
shares

काठमाडौं, २७ वैशाख । गयको बर्ष बाढी र पहिरोले क्षति पुगेकाले यो वर्ष ,वर्षा सुरु हुनुभन्दा अगाडि मेलम्चीको पानी बन्द गरेरथप क्षति हुनबाट जोगाउने ।वर्षका बेला मेलम्चीको पानी ल्याउन नसकिँदा सुन्दरीजलमा बागमतीको पानी प्रशोधन गरेर ल्याउने विषयमा पनि छलफल भइरहेको  छ हाल दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यकामा ल्याएर वितरण भइरहेको छ।

वैशाख ११ गते खानेपानी मन्त्री उमाकान्त चौधरीले काठमाडौं उपत्यका खानेपानी लिमिटेड, बानेश्वर शाखाको कार्यालयमा भल्भ खोलेर पुनः पानी वितरण सुरु गरेका थिए। पहिलो दिन पाँच करोड लिटर पानी वितरण भएकोमा क्रमशः आठ करोड हुँदै १७ करोड लिटर पानी वितरण गर्न थालिएको हो।

उपत्यकामा तीन महिना पानी वितरण गरेर सुरुङको परीक्षणका लागि असार १ गतेबाट सुरुङ बन्द भएको थियो। सोही दिनमा आएको बाढीले यहाँका हेडवर्कलगायतका विभिन्न संरचनामा क्षति पुगेपनि मुख्य सुरुङमा धेरै क्षति पुगेको थिएन। असारमा पटक–पटक बाढी आइरहँदा त्यहाँ रहेको निर्माण कम्पनीको संरचनामा समेत क्षति पुगेको थियो।

अस्थायी रुपमा पानी सञ्चालनका लागि तयारी भए पनि अझै आयोजना सम्पन्न भइसकेको छैन। आयोजना स्थलभन्दा माथिल्लो भागमा बाढीले गरेको क्षतिको सुधार भइसकेको छैन।

Dhulikhel Eco Resort 1200*100