एनसेलले ल्यायो स्थानीय तह निर्वाचन लक्षित आकर्षक अफर

वि.सं.२०७९ वैशाख २७ मंगलवार १४:०९
shares

काठमाडौं, २७ वैशाख । एनसेलले स्थानीय तह चुनावलाई लक्षित गर्दै आकर्षक अफर ल्याएको छ । अफरमा ग्राहकहरुले एनसेल एप मार्फत आफ्नो ब्यालेन्स रिचार्ज गर्दा बोनस स्वरुप ५० एमबीदेखि ५०० एमबी डेटा पाउने भएका छन् ।
एनसेलले यो अफर वैशाख २३ गतेबाट लागू गरिसकेको जनाएको छ। जसअन्तर्गत एनसेल एपबाट ब्यालेन्स रिचार्ज गर्ने प्रत्येक ग्राहकले आफूले रिचार्ज गरेको रकमको आधारमा बोनस डेटा पाउने एनसेलले जनाएको छ ।
एप मार्फत ५० देखि ९९ रुपैयाँ रिचार्ज गर्ने ग्राहकहरुले एक दिनको लागि मान्य हुने ५० एमबी डेटा पाउने बताइएको छ। १०० देखि १९९ रुपैयाँसम्मको रिचार्जमा तीन दिन समयसीमा भएको २०० एमबी डेटा पाउने एनसेलले जनाएको छ। त्यसैगरी दुई सय रुपैयाँ वा सो भन्दा माथिको रिचार्जमा ग्राहकले ५०० एमबी डेटा पाउने बताइएको छ ।
नयाँ बोनस डेटा अफर र अन्य विद्यमान अफरहरू जस्तै कम्बो प्याक, गज्जबको दैनिक जीबी प्याक र अल–नेट भ्वाइस प्याकले ग्राहकहरूलाई सुलभ दरमा डेटा र भ्वाइस सेवामा पहुँच सुनिश्चित गर्ने एनसेलले जनाएको छ ।