गोर्खाज फाइनान्सको २७औं साधारण सभा हुने,शेयरधनीलाई छैन लाभांश

वि.सं.२०७९ वैशाख २७ मंगलवार १४:१३
3.64K
shares
shares

काठमाडौं, २७ वैशाख । गोर्खाज फाइनान्सले २७औं वार्षिक साधारण सभा जेठ २७ गर्ने भएको छ ।
कम्पनीको वैशाख २६ गते बसेको सञ्चालक समितिको बैठकले उक्त सभा अनुपम फुडल्यान्ड एन्ड ब्यांक्वेट, बानेश्वर काठमाडौंमा बिहान ११ः३० बजे शुरु निर्णय गरेको हो ।
कम्पनीले शेयरधनीलाई आर्थिक वर्ष २०७७–७८ को नाफाबाट लाभांश वितरण नगर्ने भएको छ । सधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ १२ गतेबाट जेठ २७ गतेसम्म बुक क्लोज गर्दैछ । बुक क्लोजको आधारमा जेठ ११ गतेसम्म कायम शेयरधनीले कम्पनीको सभामा भाग लिन सक्नेछन् ।