विश्वका ३ ठुला प्रविधि कम्पनीले गुमाए १० खर्ब डलरभन्दा धेरै

2.93K
shares

काठमाडौं, २७ वैशाख । गएको तीन दिनमा विश्वका ३ ठूला प्रविधि कम्पनीहरुले १० खर्ब ५९ अर्ब डलरभन्दा धेरै बजार पूँजीकरण गुमाएका छन् ।

बुधवार अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले बेञ्चमार्क ब्याजदर बढाएयता शेयर बजारमा शेल–अफ ९आफूसँग भएको शेयर सस्तो मूल्यमै मिल्काउने प्रवृत्ति देखिएको छ । अन्य क्षेत्रको तुलनामा प्रविधि कम्पनीमा यो समस्या चर्को देखिएको छ ।

बुधवार शेयर बजार बन्द भएयता विश्वको सबैभन्दा मूल्यवान पब्लिक कम्पनी एप्पलले २ खर्ब २० अर्ब डलरभन्दा धेरै बजार पूँजीकरण गुमाइसकेको छ । बिहीवार, शुक्रवार र सोमवार गरी तीन दिनको कारोबारमा एसएन्डपी ५०० परिसूचक ७ प्रतिशतले घटेको छ ।

यस अवधिमा नाष्डाक झन्डै १० प्रतिशतले तल झरेको छ । तीन दिनको कारोबारमा बजार पूँजीकरणमा दोस्रो उच्च कमी बेहोर्ने कम्पनी टेस्ला रहेको छ । यसको बजार पूँजीकरण १ खर्ब ९९ अर्ब डलर गुमेको छ । बजार पूँजीकरण १० खर्ब डलरमाथि उक्लिएको केही महीनापछि घटेर १० खर्ब डलर मुनि झरेको छ ।

तेस्रो स्थानमा रहेको माइक्रोसफ्टको बजार पूँजीकरण १ खर्ब ८९ अर्ब डलर गुमेको छ । एमाजनले १ खर्ब ७३ अर्ब डलर, अल्फाबेट९गूगल० ले १ खर्ब २३ अर्ब डलर गुमाउँदा ग्राफिक कार्ड निर्माता कम्पनी निभिदियाले ८५ अर्ब डलर र फेसबुकको मातृ कम्पनी मेटा प्लेटफर्मले पनि ७० अर्ब डलर गुमाएको छ ।