GBIME

सनराइज फस्र्ट म्युचुअल फण्डसहित ५ धितोपत्रमा उच्च खरीद माग

1.06K
shares

काठमाडौं, २७ वैशाख । साताको तेस्रो कारोबार दिन मंगलवार बजार खुलेको तीन घण्टा २० मिनेटको अवधिमा कारोबारमा आएका २१७ ओटा धितोपत्र मध्ये पाँच ओटा धितोपत्रमा उच्च खरीद माग रहेको छ । उक्त अवधिसम्ममा सनराइज फस्र्ट म्युचुअल फण्डसहित सानिमा इक्विटी फण्ड, एनएमबि फिफ्टी, कुमारी इक्विटी फण्ड र लक्ष्मी उन्नति कोषको धितोपत्रमा उच्च खरीद माग रहेको हो ।

ती पाँच ओटा धितोपत्रमध्ये सबैभन्दा बढी सनराइज फस्र्ट म्युचुअल फण्डको ३ लाख ९८ हजार २२० इकाई खरीद माग रहेको छ । त्यसैगरी सानिमा इक्विटी फण्डको ३ लाख १ हजार ५३५ इकाई, एनएमबि फिफ्टीको २ लाख १८ हजार ३०० इकाई, कुमारी इक्विटी फण्डको २ लाख १८ हजार इकाई र लक्ष्मी उन्नति कोषको २ लाख १५ हजार ४०० इकाई खरीद माग रहेको छ ।

 

Dhulikhel Eco Resort 1200*100