Nepal Life Banner

मनकामना स्मार्ट लघुवित्तले कमायो १ करोड ४५ लाख नाफा

3.19K
shares

काठमाडौं, २७ वैशाख । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण मंगलवार सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीले तेस्रो त्रेमाससम्म १ करोड ४५ लाख खुद नाफा कमाएको छ ।

कम्पनीको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५६ दशमलव ३७ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

गत वर्ष ६९ करोड ५९ लाख रुपैयाँ ऋणात्मक रहेको कम्पनीको सञ्चालन मुनाफा यस वर्ष सुधारिएर कम्पनीले ५४ लाख ९२ हजार उक्त नाफा आर्जन गरेको हो ।

कम्पनीले यस वर्ष सम्भावित जोखिम शीर्षकमा ९७ दशमलव ९२ प्रतिशत कम रकम छुट्याएकोले सञ्चालन मुनाफामा सुधार आएको हो । गत वर्ष रू. ७३ करोड ३५ लाख सम्भावित जोखिम शीर्षकमा रकम छुट्याएको कम्पनीले यस वर्ष रू. १ करोड ५२ लाख मात्र उक्त शीर्षकमा रकम छुट्याएको छ ।

एक वर्षको अवधिमा कम्पनीको जगेडा कोषमा २३ दशमलव ६३ प्रतिशत रकम घटेको छ । गत आवको तेस्रो त्रैमाससम्म कम्पनीको जगेडा कोषमा ४ करोड २२ लाख रुपैयाँ थियो भने चालू आवको सोही अवधिमा उक्त कोषमा ३ करोड २३ लाख रुपैयाँ कायम भएको छ