कोका–कोलाले मनायो १३६औँ वार्षिकोत्सव

2.77K
shares

काठमाडौं, २७ वैशाख । ८ मे १८८६ मा जर्जियाको डाउनटाउन एटलान्टास्थित एक सोडा फाउन्टेनबाट सुरु भएको कोका–कोला कम्पनीले आफ्नो १३६औँ वार्षिकोत्सव मनाएको छ ।

यसको उत्पादनको परिकल्पना एट्लान्टा फर्मासिस्ट डा. जोन एस पेम्बर्टनले यो स्वादिस्ट पेय पदार्थको उत्पादन सुरु गरेका हुन्। आज यो पेय पदार्थ करोडौँ मानिसहरुको प्रिय भएको छ ।

कोका–कोला, कोका–कोला जेरो सुगर, फ्यान्टा, स्प्राइट र किन्ले लगायतका पेय पदार्थहरू उत्पादन गर्दै आएको कोका–कोलाले नेपाल मा करिब ५ दशक अघि बालाजुको ९बोटलर्स नेपाल लिमिटेड० र भरतपुरको ९बोटलर्स नेपाल तराई लिमिटेड मा दुई प्लान्ट स्थापना गरी आफ्नो व्यवसाय सन्चालन गरेको थियो । त्यस्तै विश्वव्यापी रुपमा सन्चालन गरिएको कोक एन्ड मिलको नेपाली संस्करणको रुपमा मोःमोत्सव पनि विगत ७ वर्षदेखि नेपालमा सन्चालन गर्दै आएको छ ।

कोका–कोलाले आफ्नो व्यापारलाई सदैव दिगो तरिकाले सन्चालन गर्न प्रयास गर्छ र यसले सन् २०२१ मा फोहोर व्यवस्थापन, वाटर स्टेवार्डशिप र महिला सशक्तीकरणलाई ध्यानमा राखेर सन्चालन गरिएको मेडन सस्टेनेबिलिटी २०२१ को प्रतिवेदन पनि सार्वजनिक गरेको थियो ।आफ्नो सिस्टममा आवद्ध महिलाहरुलाई सशक्त बनाउने उद्देश्यसहित यसले सक्षम थिमको रिटेल तालिम सन्चालन गरेको थियो जस अन्तर्गत २०२२ को अन्त्य सम्म खुद्रा पसल र साना खाजा घरहरु सन्चालन गर्दै आएका १००० जना महिलाहरुलाई व्यावसायिक तालिम प्रदान गर्ने लक्ष्य लिएको छ ।