युनियन लाइफको खुद नाफा ६६.९४ प्रतिशतले घट्यो

3.02K
shares

काठमाडौं, २७ वैशाख । युनियन लाइफ इन्स्योरेन्स (ULI) को खुद नाफा ६६.९४ प्रतिशतले घटेर २ करोड ७२ लाख रुपैयाँमा सीमित भएको छ ।

गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले ५ अर्ब ५ करोड ५१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । युनियन लाइफ इन्स्योरेन्स (ULI) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ५ अर्ब ९९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा १८.६६ प्रतिशतले बढी हो ।

कम्पनीको खुद बीमाशुल्क बढेपनि नाफा भने उल्लेख्य घटेको छ । यस अवधिमा कम्पनीको गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले ८ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीले दोस्रो बजार मार्फत शेयर बजारमा लगानी गरिएको र हाल निरन्तर रुपमा शेयरको मूल्यमा गिरावट आएको कारणले खुद नाफा घट्न गएको जनाएको छ । शेयरमूल्यमा सुधार आउँदा पुन नाफा बढ्ने कम्पनीको भनाई छ ।

चुक्ता पूँजी २ अर्ब १५ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा १ अर्ब ९ करोड २७ लाख रुपैयाँ, जीवन बीमा कोषमा १० अर्ब ३४ करोड रुपैयाँ र महाविपत्ती कोषमा १२ करोड १४ लाख रुपैयाँ सञ्चित रहेको छ ।

यस्तै कम्पनीको प्रतिशेयर आम्दानी १ रुपैयाँ ६९ पैसा, प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ ४७ पैसा र मुल्य आम्दानी अनुपात २८९.६७ गुणा रहेको छ ।