GBIME

नबिल बैंकले कर्मचारी परिवारलाई ‘श्री शम्भु प्रसाद पौड्याल स्मृति छात्रवृत्ति’ दिन सुरु गर्याे

1.25K
shares

काठमाडौं, २७ वैशाख । नबिल बैंकका पूर्व अध्यक्ष स्व.शम्भुप्रसाद पौड्यालको सम्झनामा यस वर्षबाट बैंकले कर्मचारी परिवारको लागि श्री शम्भुप्रसाद पौड्याल स्मृति छात्रवृत्तिु सुरु गरेको छ । स्व. पौड्यालले बैंकमा लामो समय देखि सञ्चालक समितिमा योगदान गरेका थिए ।

यस छात्रवृत्ति कार्यक्रममा प्रत्येक वर्ष नबिल बैंकका सम्पूर्ण कर्मचारीहरूले राष्ट्रिय परिक्षा बोर्डको २ तहमा उत्कृष्ट नतिजा ल्याउने मेहनती तथा जेहेन्दार सन्तानहरूका नाम मनोनयन गर्न सक्ने व्यवस्था गरेको छ । उच्च शिक्षाको लागि प्रोत्साहन गर्ने उद्देश्यले यो कार्यक्रम ल्याएको बैंकले जनाएको छ ।

मनोनित कर्मचारी परिवारका सन्तानहरूबाट उत्कृष्ट नतिजा ल्याउने २,२ जना छात्र र छात्रालाई प्रत्येक वर्ष यो पुरस्कार प्रदान गरिने बैंकले जनाएको छ । प्रत्यक विजेता कर्मचारीका सन्तानहरूलाई ५० हजार रुपैयाँ प्रदान गरिने बैंकले जनाएको छ ।