GBIME

पेट्रोल अभावको त्रास हट्यो, इन्धनको आजबाट सहज आपुर्ति हुने

1.46K
shares

काठमाडौं । आइतबारबाट इन्धनको सहज आपुर्ति हुने भएको छ । पेट्रोलियम पदार्थ ढुवानी व्यवसायीले आन्दोलन स्थगित गरे सँगै अब इन्धनको समस्या समाधान हुने भएको हो । आफूहरुको माग पूरा गर्न नेपाल आयल निगम सहमत भएको भन्दै ढुवानी व्यवसायीले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन् ।

ढुवानी व्यवसायीको आन्दोलनका कारण पेट्रोलियम पदार्थको अभाव हुन सक्ने भन्दै शुक्रबार र शनिबार काठमाडौंका पेट्रोल पम्पहरुमा उपभोक्ताको लामो लाइन लागेको थियो ।