Dhulikhel Eco Banner new
NCHL Banner 2081

वडाको मुहार फेर्नका लागि मेराे उम्मेदवारी : रामचन्द्र गौतम

5.12K
shares

काठमाडौं,२७ वैशाख। गठबन्धनको तर्फबाट गोकर्णेस्वर नगपालिकाको ८ नम्बर वडा अध्यक्षका उम्मेदवार राम चन्द्र गौतमले गोकर्णेस्वर नगरपालिका वडा ८ को मुहार फेर्नका लागि समृद्धि वडाको रुपमा बिकास गर्नको निम्ति गठबन्धनबाट युवा नेतृत्व निर्वाचनमा होमिएकाले विजयी गराउन हुन आग्रह गरेका छन ।

गोकर्णेस्वर नगरपालिका वडा नम्बर ८ को समग्र विकासका लागि सक्षम युवा नेतृत्व निर्वाचनमा उम्मेदवार बनेकाले गठबन्धनलाई विजय गराउन गोकर्णेस्वर नगरपालिका वडा ८ बासिलाई आग्रह गरेका छन । नेकपा एकीकृत समाजवादीको तर्फबाट नगरपालिका वडा ८ को उम्मेदवार गौतमले सबै क्षेत्रमा प्रतिनिधित्व गरेर धेरै अनुभव संगालेका व्यक्तिहरु गठबन्धनदलबाट उम्मेदवारको रुपमा चुनावी मैदानमा होमिएको भन्दै वडा ८ लाई नमुना वडाको रुपमा बिकास गर्न युवा नेतृत्वको महत्वपूर्ण भुमिका आवश्यकता रहेकाले विजय गराउनहुन वडा बासिलाई बिनम्र आग्रह गरेका छन्।

पछिल्लो राजनीतिक घटनाक्रममा लामो समयदेखि राजनीतिमा योगदान गर्ने व्यक्ति छाँयामा पर्दै जाने र गुण्डागर्दी, आतंक मचाउनेहरु राजनीतिमा हावि हुँदै जाने परिस्थिती बनेको भन्दै उनले नेकपा एमाले लगाएत अन्य पार्टिबाट सक्षम युवाले नेतृत्व गर्ने सम्भावना नदेखेर समग्र वडाको विकासका लागि गठबन्धनबाट युवाहरुलाई अघि सारेको र त्यसमा आफुले उम्मेदवारी दिन सक्षम भएको बताउछन्।

अनेरास्ववियुको केन्द्रीय स्थायी कमिटी सदस्य रहेका गौतमले आफु लामो समयदेखि राजनीतिमा सक्रिय रहेर देश विदेशको राजनीतिक अनुभव संगालेर वडा बिकास गर्ने सोचका साथ निर्वाचनमा होमिएको उल्लेख गरेका छन् ।गौतम अनेरास्ववियूका एक प्रभावसाली नेताको रुपमा गनिन्छन । उनले गठबन्धनको सांगठनिक आधार बलियो हुनुका साथै जनआधार र सबै क्षेत्रमा प्रतिनिधित्व गरेका व्यक्तिहरु आवद्ध रहेकाले जित निश्चित रहेको दावी गरेका छन् ।

नेपाली कांग्रेसको आन्तरिक किचलोका कारण पाच दलको गठबन्धन भत्किएपनि चार दलको गठबन्धन नै गोकर्णेस्वर नगरपालिका वडा नम्बर ८ मा निर्वाचन जित हासिल गर्न सक्षम हुने उनको भनाई छ । जनमतको आधारमा गो।न।पा ८ मा नेकपा माओवादी केन्द्र र नेकपा एस,जनमोर्चा,जनता समाजबादी मिलेर बनेको गठबन्धन दल पहिलो, कांग्रेस दोस्रो र एमाले तेस्रो रहेको उनले उल्लेख गरेका छन् ।

गठबन्धनको तर्फबाट गोकर्णेस्वर नगरपालिकाको वडा ८ अध्यक्षका उम्मेदवार राम चन्द्र गौतमले गोकर्णेस्वर न।पा। ८ को मुहार फेर्नका लागि गठबन्धनबाट युवा नेतृत्व निर्वाचनमा होमिएकाले विजयी गराउन हुन सबै वडा बासी आमाबुबा दाजुभाई दिदिबहिनिहरुमा बिनम्र आग्रह अनुरोध गरेका छन् । पछिल्लो राजनीतिक घटनाक्रममा लामो समयदेखि राजनीतिमा योगदान गर्ने व्यक्ति छाँयामा पर्दै जाने र गुण्डागर्दी, आतंक मचाउनेहरु राजनीतिमा हावि हुँदै जाने परिस्थिती बनेको भन्दै उनले नेकपा एमाले र अन्यपार्टिबाट सक्षम युवाले नेतृत्व गर्ने सम्भावना नदेखेर गोकर्णेस्वर नगरपालिका वडा ८ को विकासका लागि गठबन्धनबाट युवाहरुलाई अघि सारेको बताउछन् ।

उनले वडा ८ को विकासका लागि शिक्षा, स्वास्थ्य, पुर्वाधार विकास र रोजगारी वृद्ध बृद्दा,बालबालिका,महिला वडा बासी जनताको आर्थिक सुधार ,हरेक समस्याका लागि वडा स्तरिय कल सेन्टरको स्थापना,बृद्द बृद्दा स्याहार केन्द्र ,बालबालिकाको लागि शिशु स्याहार केन्द्र ,सार्बजनिक जग्गाको संरक्षण,धार्मिक सास्कृतिक परम्पराको संरक्षण प्रवर्द्धन,स्वास्थमा आमूल सुधार दृर्घ रोगी बिरामिलाई बिशेश स्वस्थ कार्ययोजना बनाई सहयोगी भुमिका खेल्ने,वडा स्तरिय स्वास्थ बिमा लागू गरिनेछ,बिकास निर्माणमा भौगोलिक अबस्थाका हेरेर गुरुयोजना बनाई पुर्ण बिकासमा जोड दिने,बर्खा याममा आउने पानीको समस्यालाई साईड्रेन,आवस्यकता अनुसारको ढल राखी त्यस समस्यालाई न्युनिकरण गर्ने ,वडा स्तरिय खेल मैदान पार्क निर्माण गर्ने, फोहर मैलाको ब्यबस्थापन अब्यबस्थित पोल तारको ब्यबस्थापन गर्दै स्वच्छ हरित वडाको रुपमा बिकास गर्ने,लगायतका अन्य क्षेत्रलाई प्राथमिकता दिएर अघि बढ्ने प्रतिवद्धता जनाएका छन् ।

अन्य वडा भन्दा ८ वडामा समृद्धि हरित वडाको रुपमा बिकास गर्ने अहिलेको स्थानिय निर्वाचन प्रत्यक्ष जनताको घर घरमा सेवा पुर्याउने स्थानिय सरकार भएकोले त्यसका निम्ति कुनै कसर नराखिने जनताको घरघरमा पुर्याउने कुरा बताएका छन्।स्थानिय निर्वाचनमा आफू प्रतिस्पर्धामा होमिरहदा आफू मित्रवत प्रतिस्पर्धामा जाने आफ्नो प्रतिस्पर्धि अन्य कोहिसंग भन्दा पनि आफू सङै रहेकोले जनताले आफुलाई अत्याधिक मत दिएर बिजय गराउनेमा आफू बिस्वस्थ रहेको बताउछन्। कांग्रेस र नेकपा एमालेका उम्मेदवार आफू भन्दा सिनियर रहेकोले सम्मान गर्ने उहाहरु समक्ष पनि युवालाई जिताउन हुन अनुरोध गर्ने बताउदै सौहार्द पुर्ण बातावरणमा प्रतिस्पर्धा गर्ने बताउछन् ।युवा एउटा आफैमा बलियो उम्मेदवार भएकोले अन्य प्रसिस्पर्धी उम्मेदवारहरुले जनतालाई त्रसाउने, धम्काउने,लगाएतका अनेक प्रपन्च बनाउन सक्ने अबस्थ भने जिबितै रहेकोले त्यसका लागि वडा बासी जनतालाई सचेत रहनुहुन हार्दिक अनुरोध गरेका छन् ।

यहाँ आमाको कोख बाट बाहिर जन्मिए पस्च्चात दिउसो बाहिर र बेलुका घर भित्र छिरेपछी भित्र हुने भएकोले यहाँ भित्र र बाहिरको कुराले त्यत्ती अर्थ नराख्ने सार्थकता नपाउने तर प्रतिद्वन्दीले प्रपन्च रच्न सक्ने आधार भने जिबितै रहेकोले सचेर रहनुहुन बिनम्र अनुरोध पनि गरेका छन् । २०५७ साल सानै उमेर देखि विद्यार्थी राजनीतिक यात्रा सुरु गरेका वडा अध्यक्षका उम्मेदवार गौतमले वडा ८ को विकासका लागि शिक्षा, स्वास्थ्य, पुर्वाधार विकास र रोजगारी लगायतका क्षेत्रलाई प्राथमिकता दिएर अघि बढ्ने प्रतिवद्धता जनाएका छन् ।

उनले वडाको विकासका लागि प्राविधिक शिक्षामा जोड दिने, नगर स्थरिय अस्पताललाई विशेषज्ञ अस्पतालको रुपमा विकास गर्न वडाले पनि महत्वपूर्ण भुमिका खेल्ने , आधुनिक कृषि प्रणाली अवलम्बन सहित कौसी खेतीलाई अझ प्रोत्साहन गर्ने, पुर्वाधार विकासमा परिवर्तन, सानो उद्योगलाई विकास गरी रोजगारीमा जनतालाई जोड्ने भनेका छन् ।