GBIME

सूर्योदय वोमी लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत

1.12K
shares

काठमाडौं, २७ वैशाख । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको शेयर सूचीकृत भएको छ । सविकको सूर्योदय लघुवित्त र वोमी लघुवित्त वित्तीय संस्थाबीच मर्जर पश्चात बनेको मा सूर्योदय वोमी लघुवित्त को शेयर नेप्सेमा सूचीकृत भएको हो ।

दुई लघुवित्तबीच मर्जर पश्चात सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको नाममा कायम हुन आएको ७९ लाख १९ हजार ८४८ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

सविक वोमी लघुवित्तको ४९ लाख ४३ हजार ३३३ कित्ता र सूर्योदय लघुवित्तको २९ लाख ७६ हजार ५१६ कित्ता शेयर गरी सो बराबरको शेयर नेप्सेमा सूचीकृत भएको हो ।

दुई लघुवित्तबीच १ बराबर एकको अनुपातमा मर्ज भएको थियो ।

मर्जर पश्चात बनेको सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको कारोबार संकेत  एसडब्लुएमएफ प्रदान गरेको छ । अब सोहि कारोबार संकेतमा लघुवित्तको शेयर किनेबेच हुनेछ ।

Premier Steel Banner