GBIME

तुलसीपुर १७ को मतदान जेठ ३ गते

1.42K
shares

तुलसीपुर, २८ वैशाख । वडा अध्यक्ष उम्मेदवारको मृत्यु भएपछि वडाको निर्वाचन जेठ ३ गते हुने भएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १७ का नेकपा (एमाले)का लबरु चौधरीको मृत्यु भएकाले मनोनयन र निर्वाचन मिति पर सारीएको हो ।

एमालेका लागि मात्रै बुधबार बिहान १० देखि १ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको तुलसीपुरका निर्वाचन अधिकृत रामेश्वर अर्यालले जानकारी दिए ।

बिहीबार बेलुका ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने भएको छ । वडा नं १७ को हकमा वैशाख ३१ गतेदेखि मौन अवधि सुरु हुने छ भने वैशाख ३१ गते मध्यरातिसम्म प्रचार प्रसार गर्न पाइने छ । त्यसपछि मौन अवधि सुरु हुनेछ ।

त्यस्तै जेठ ३ गते मतदानको समय तोकिएको छ । कलेजो, मिर्गौला रोगका कारण चौधरीको मृत्यु भएको हो । वडा नं १७ को निर्वाचन भएपछि मात्रै तुलसीपुरमा मतगणना हुने भएको छ ।

Dhulikhel Eco Resort 1200*100