Nepal Life Banner (End Date 5 Magh 2081)

अरुण हाइड्रोपावरले कमायो १० करोड नाफा

3.02K
shares

काठमाडौं,२८ वैशाख । । चालू आर्थिक वर्षको ९ महीनामा अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले रू ९ करोड ९९ लाखभन्दा बढी खुद नाफा गरेको छ ।

गत वर्षको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा ४० दशमलव १८ प्रतिशत बढी भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीको खुद नाफा रू ७ करोड १३ लाखभन्दा बढी थियो ।
विद्युत् विक्री आम्दानी यस वर्ष ६२ दशमलव ८७ प्रतिशत बढेसँगै कम्पनीको सञ्चालन नाफा ३२ दशमलव ८३ प्रतिशत वृद्धि भएको छ ।

गत वर्ष रू ४ करोड २५ लाखभन्दा बढीको विद्युत् विक्री गरेको कम्पनीले यस वर्ष रू ६ करोड ९२ लाखभन्दा बढीको विद्युत् विक्री गरेको छ । सञ्चालन नाफा भने गत वर्ष रू ९ करोड ८२ लाखभन्दा बढी भएकोमा यस वर्ष रू १३ करोड ५ लाखभन्दा बढी भएको छ ।

कम्पनीले बोनस शेयर र हकप्रद शेयर मार्फत ६५ प्रतिशतले चुक्तापूँजी बढाएर रू १ अर्ब ७२ करोड ९५ लाख ९५ हजार कायम गरेको छ । जगेडा कोष रकम ६४ प्रतिशत बढेर रू १६ करोड २ लाखभन्दा बढी कायम भएको छ ।

वार्षिक प्रतिशेयर आम्दानी रू ७ दशमलव ७१ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू १०९ दशमलव २७ रहेको छ ।
मूल्य आम्दानी अनुपात भने ५३ दशमलव ५८ रहेको छ ।