धनगढी उडेको श्री एयरलाइन्सको जहाज काठमाडौं फर्काएर आकस्मिक अवतरण

वि.सं.२०७९ वैशाख २८ बुधवार १२:५४
4.2K
shares
shares

काठमाडौं, २८ वैशाख । काठमाडौंबाट धनगढी उडेको श्री एयरलाइन्सको एक जहाज काठमाडौं फर्काएर आकस्मिक अवतरण गएिको छ ।
सो जहाजको इन्जिन फेल भए पछि काठमाडौं नै फर्काएर आकस्मिक अवतरण गरिएको हो । जहाजमा ८७ जना यात्रु थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार २२३ उडान नम्बरको जहाज अहिले काठमाडौं फर्काएर सुरक्षित अवतरण गराइएको छ । जहाजको सुरक्षित अवतरण भएको र अब प्राविधिक जाँच गरिने स्रोतको भनाइ छ । अहिले आकासमा इण्डिगो, सिंगापुर एयरलाइन्स र भद्रपुरबाट उडेको यति एयरलाइन्स आकासमा होल्ड भएका छन् ।