रिलायन्स लाइफ इन्स्योरेन्सको नाफा ८२ % बढ्यो
वि.सं.२०७९ वैशाख २८ बुधवार १३:३२
shares
काठमाडौं, २८ वैशाख । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण बुधवार सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमाससको तुलनामा चालू आवको सोही अवधिमा ८२ दशमलव ९२ प्रतिशतले वृद्धि भएको छ । गत आवमा रू. ६ करोड ५८ नाफा कमाएको उक्त कम्पनीको नाफा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. १२ करोड ४ लाख पुगेको छ ।
चालू आवमा कम्पनीको आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न सहयोग पुगेको हो । कम्पनीको आम्दानी गत आवको तुलनामा चालू आवमा ५३ प्रतिशतले वृद्धि भएको छ ।
गत आवमा रू. ११ करोड ७८ लाख आम्दानी गरेको उक्त कम्पनीको आम्दानी चालू आवमा बढेर रू.१८ करोड १३ लाख पुगेको हो । कम्पनीको चुक्तापूँजी रू. २ अर्ब १० करोड रहेको छ ।
चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. २१ करोड ३७ लाख सञ्चित गरेको छ । सो अवधिमा कम्पनीको जीवन बीमा कोषमा रू. ३ अर्ब ६७ करोड सञ्चित गरेको छ । कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा कुल रू. २ अर्ब २४ करोड बीमाशुल्क आर्जन गरेको छ । यो बीमाशुल्क गत आवको तुलनमा १७ प्रतिशतले वृद्धि भएको हो ।