Nepal Life Banner (End Date 5 Magh 2081)

एनएमबि बैंकले संस्थापक शेयर विक्रीमा ल्यायो

3.21K
shares

काठमाडौं, २८ वैशाख । एनएमबि बैंकले ५२ हजार ७२२ कित्ता संस्थापक शेयर बुधवारदेखि विक्रीमा ल्याएको छ । कम्पनीका तीन जना संस्थापक शेयरधनीको शेयर विक्रीमा ल्याएको हो ।

कम्पनीले उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा उक्त शेयर अन्य व्यक्ति तथा संस्थाहरुमा विक्री गरिने जानकारी कम्पनीले दिएको छ । शेयरको मूल्य भने कम्पनीले खुलाएको छैन । शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित कम्पनीको सचिवको कार्यालय बबरमहल, काठमाडौंमा निवेदन दिन सक्नेछन् । इच्छुक आवेदकहरूले के कति दरमा खरीद गर्न चाहेको हो सोसमेत खुलाई निवेदन पेश गर्नु पर्नेछ ।

साथै कम्पनीले १० हजार कित्ता संस्थापक शेयर विक्री खुला गरेकोमा संस्थापक शेयरधनीको आवेदन नपरेकाले बुधवारदेखि नै सर्वसाधारणको लागि विक्रीमा ल्याएको छ ।