वाणिज्य बैंकहरूले जेठमा ब्याजदर नबढाउने
वि.सं.२०७९ वैशाख २८ बुधवार १४:३८
3.42K
shares
shares
काठमाडौं, २८ वैशाख । वाणिज्य बैंकहरूले जेठमा ब्याजदर नबढाउने भएका छन् । नेपाल बैकर्स संघसँगको सहमतिअनुसार वाणिज्य बैंकहरूले जेठ महिनामा ब्याजदर नबढाउने सहमति गरेका हुन् ।
केही दिन अगाडि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले जेठ महिनामा ब्याजदर बढ्ने बताएका थिए । तर, वाणिज्य बैंकहरूका प्रमुख कार्यकारी अधिकृतहरूसँगको छलफलमा बैंकर्स संघले ब्याजदर नबढाउने सहमति गरेको हो ।
निर्वाचनको लागि खर्च भएको सरकारको विकास खर्च समेत बढ्ने क्रममा रहेकोले जेठ महिनामा ब्याजदर नबढाउने निर्णय भएको छ । वाणिज्य बैंकले ब्याजदर नबढाउने भद्र सहमति गरेसँगै विकास बैंक र फाइनान्स कम्पनीको समेत ब्याजदर नबढ्ने बताइएको छ ।