Dhulikhel Eco Banner new
NCHL Banner 2081

जेठ १ देखि बैंकहरु पनि २ दिन बन्द हुने

4.23K
shares

काठमाडौं, २८ वैशाख । जेठ १ देखि बैंकहरु पनि २ दिन बन्द हुने भएको छ । शुक्रबार भने पूरा समय खुल्ने छ त्यस्तै शनिबार र आइतबार बैंकहरु खुल्नेछैनन्।

सरकारले आगामी जेठदेखि सातामा दुई दिन सार्वजनिक विदा लागू गर्ने भएपछि बैंकहरु पनि सोहीअनुसार चल्ने भएका छन्। नेपाल राष्ट्र बैंकले सरकारको योजनाअनुसार काम गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको हो। तोकिएका दिनबाहेक जेठ १ देखि बैंकहरु बिहान ९ः३० बजे नै खुलेर अपराह्न ४ः०० सम्म सेवा प्रदान गर्नेछन्। यद्यपि कार्यालय समय भने बिहान ९ः३० देखि अपराह्न ५ः३० बजे कायम हुनेछ।