मेरो सेयर सफ्टवेयर नचल्दा आइपीओ भर्न समस्या

वि.सं.२०७९ वैशाख २८ बुधवार १६:१४
3.61K
shares
shares

काठमाडौं, २८ वैशाख । मेरो सेयर सफ्टवेयर नचल्दा आइपीओ भर्न समस्या भएको छ ।
मेरो सेयर नचलेका कारण लगानीकर्ताले रिभर फल्स पावर कम्पनीको साधारण सेयर आइपीओ दिन समस्या भएको हो। कम्पनीको आइपीओ निष्कासन भएको दिन नै मेरो सेयर सफ्टवेयर चल्न छोडेको छ । जसले गर्दा मेरो सेयरबाट आवेदन दिने लगानीकर्ताले आवेदन दिन पाएका छैनन् ।मेरो सेयरको डेटाबेसमा केही समस्या देखिएका कारण चल्न नसकेको बताइएको छ । यो समस्या समाधान गर्नका लागि सिडिएससीका सबै प्राविधिक कर्मचारीले काम गरिरहेको बताइएको छ ।