GBIME

अजोड इन्स्योरेन्सको नाफासहित बीमा शुल्क पनि बढ्यो

1.3K
shares

काठमाडौं, २८ वैशाख । अजोड इन्स्योरेन्स लिमिटेड  ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ९ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ५४।०६ प्रतिशतले बढी हो ।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ६ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

 

समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क पनि बढेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ३६ करोड ३१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो गत आर्थिक वर्षको तुलनामा २१।४७ प्रतिशतले बढी हो ।

गत आर्थिक वर्षको चैत मसान्तसम्मा कम्पनीले २९ करोड ९० लाख रुपैयाँ मात्रै खुद बीमाशुल्क आर्जन गरेको थियो ।

यस्तै कम्पनीले पुनर्बीमा कमिशन वापत १७ करोड ४३ लाख रुपैयाँ। लगानी कर्जा तथा अन्य आयबाट ३ करोड ९ लाख रुपैयाँ आम्दानी गरेको छ ।

चुक्ता पूँजी १ अर्ब रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा १३ करोड ९५ लाख रुपैयाँ, बीमा कोषमा १५ करोड ९२ लाख रुपैयाँ र महाविपत्ती कोषमा १ करोड ३१ लाख रुपैयाँ सञ्चित रहेको छ ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ५५ पैसा, प्रतिशेयर नेटवर्थ १३१ रुपैयाँ १८ पैसा र मूल्य आम्दानी अनुपात ५३।१५ गुणा रहेको छ ।

Premier Steel Banner