Mangaldeep Aagarbatti
GBIME

८० प्रतिशतले बढ्यो सानिमा जनरलको नाफा

1.33K
shares

काठमाडौं,२८ वैशाख ।चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १० करोड ५० लाख रुपैयाँ सानिमा जनरल इन्स्योरेन्सले खुद नाफा आर्जन गरेको छ ।

आर्थिक वर्षको अवधिमा कम्पनीले ५ करोड ८१ लाख ७० हजार रुपैयाँ सानिमा जनरल इन्स्योरेन्सले खुद नाफा कमाएको थियो ।कम्पनीको कोषमा १३ करोड २९ लाख रुपैयाँ, बीमा कोषमा १४ करोड ५२ लाख रुपैयाँ र महाविपत्ती कोषमा १ करोड १६ लाख रुपैयाँ सञ्चित छ ।

यस अवधिमा कम्पनीको खुद बीमाशुल्क पनि ६०६८ प्रतिशतले बढेर २२ करोड २४ लाख ९४ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले १३ करोड ८४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

कम्पनीले पुनर्बीमा कमिशन बापत १३ करोड ७८ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्य आयबाट २ करोड १८ लाख रुपैयाँ आम्दानी गरेको छ

कम्पनीको प्रतिशेयर आम्दानी १४ रुपेयाँ, प्रतिशेयर नेटवर्थ १२९ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४०१४ गुणा रहेको छ ।

National life Banner