देशभर थपिए २१ कोरोना संक्रमित

वि.सं.२०७९ वैशाख २८ बुधवार १७:०७
3.48K
shares
shares

काठमाडौं, २८ वैशाख । पछिल्लो २४ घन्टामा देशभर थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने १६ जना निको भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार २१ जनामा संक्रमण पुष्टि भएको हो। ३ हजार ७८८ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। तीन हजार ७० जनाको पिसिआर र ७१८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर १८७ जना सक्रिय संक्रमित छन्। बुधबार १६ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।