रेमिट्यान्समा झिनो सुधार, ९ महिनामा भित्रियो ७ खर्ब २४ अर्ब
वि.सं.२०७९ वैशाख २८ बुधवार १९:१०
shares
काठमाडौं, २८ वैशाख । वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरुको संख्यामा वृद्धि भएसँगै नेपाल भित्रने रेमिट्यान्स आप्रवाह पनि क्रमशः बढ्न थालेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार २०७८ चैत महिनामा मात्रै ९३ अर्ब ५५ रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । फागुनमा मात्रै ९१ अर्ब ९ करोड रुपैयाँ रेमिट्यान्स नेपाल आएकोमा पछिल्लो महिना चालु आवको करोड लाख रुपैयाँले बढेको हो । चालु आवको ९ महिनासम्ममा नेपाल भित्रने कुल रेमिट्यान्स रकम ७ खर्ब २४ अर्ब ७४ करोड रुपैयाँ कायम भएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार २०७७ चैत मसान्तसम्ममा विप्रेषण आप्रवाह १६.५ प्रतिशतले वृद्धि भई ७ खर्ब २९ अर्ब २ करोड रुपैयाँ पुगेको छ । सो अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.० प्रतिशतले वृद्धि भई ६ अर्ब १९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ४.९० प्रतिशतले घटेको थियो ।
मासिक भित्रने रेमिट्यान्स बढेपनि अघिल्लो आवको यसै अवधिको तुलनामा चालु आवको चैत मसान्तसम्ममा भित्रिएको कुल रेमिट्यान्स रकममा भने कमी आएको छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह ०.६ प्रतिशतले कमी आएको हो । अघिल्लो वर्ष २०७८ चैतसम्ममा २०७७ चैतको तुलनामा विप्रेषण आप्रवाह १६.५ प्रतिशतले बढेको थियो ।
२०७८ चैत मसान्तसम्ममा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.२ प्रतिशतले कमी आई ६ अर्ब ५ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.१ प्रतिशतले बढेको थियो ।