मोटरसाइकल चोरीको आरोपमा एकजना पक्राउ

948
shares

काठमाडौं, २८ वैशाख । प्रहरीले मोटरसाइकल चोरी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।

पर्साको वीगञ्‍ज महानगरपालिका ११ बस्‍ने २० वर्षीय आकाश गिरीलाई प्रहरीले पक्राउ गरेको हो । उनले बाराको विश्रामपुर गाउँपालिका ५ बस्‍ने २९ स्थित लंकेश्वर गुप्ताको ना ३३ प ७१३८ नम्बरको कालो रातो रंगको मोटरसाइकल चोरी गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका गिरीलाई चोरी सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Kumari Banner