सगरमाथा इन्स्योरेन्सको २१.०५२ प्रतिशत लाभांश पारित

2.65K
shares

काठमाडौं, २८ वैशाख । सगरमाथा इन्स्योरेन्स कम्पनीको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा बुधवार लैनचौर ब्याक्वेट लैनचौर काठमाडौंमा सम्पन्न भएको हो ।
सभाले २० प्रतिशत बोनस शेयर र १ दशमलव शून्य ५२६३ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

त्यसैगरी सभाले कम्पनीको अधिकृत पूँजी रू. २ अर्बबाट वृद्धि गरी रू. ५ कायम गर्ने प्रस्ताव पनि पारित गरेको छ । कम्पनीबाट कोभिड १९ को समस्यालाई मध्येनजर गरी विभिन्न सामाजिक संघ संस्थालाई आर्थिक सहयाता प्रदान गर्दा कम्पनी ऐन २०६३ को दफा १०५ को उपदफा १ को खण्ड ग ले निर्धारण गरेको सिमा नाघेको हुँदा सो अन्तर्गत भएको खर्च रू. ३३ लाख ४५ हजारलाई अनुमोदन गरेको छ ।

साथै निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने गाभिने वा प्राप्ति गर्ने सम्बन्धी सञ्चालक समितिलाई दिएको सम्पूर्ण कार्य गर्ने अधिकारलाई निरन्तरता दिने प्रस्ताव पनि पारित गरेको हो । कम्पनीले साधारणसभा प्रयोजनका लागि वैशाख १६ गते देखि २८ गते सम्म शेयरधनी दर्ता पुस्तिका बन्द गरेको थियो । यस आधारमा वैशाख १५ गतेसम्म कायम शेयरधनीले लाभांश पाएका छन् ।