Mangaldeep Aagarbatti
GBIME

सिभिल लघुवित्तको नाफा ४९ प्रतिशतले घट्यो

834
shares

काठमाडौं, २१ कात्तिक । सिभिल लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । संस्थाले पहिलो तीन महिनामा ७२ लाख ८३ हजार रुपैयाँ नाफा गरेको छ ।

उक्त नाफा गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा ४९ दशमलव ४९ प्रतिशतले कम हो ।

कम्पनीले सोमवार विवरण अनुसार गत वर्षको पहिलो त्रैमासमा कम्पनीले १ करोड ४४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । कम्पनीको निष्कृय कर्जा बढ्नुका साथै सञ्चालन नाफामा कमी आउँदा यसको प्रत्यक्ष प्रभाव नाफामा पर्न गएको हो ।

उक्त अवधिमा कम्पनीले १ करोड ४ लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ । तर, गत वर्षको सोही अवधिमा यस्तो नाफा २ करोेड ५ लाख रुपैयाँ थियो । त्यसैगरी एक वर्षको अन्तरालमा निष्कृय कर्जामा पनि वृद्धि भएको छ ।

गत वर्षको असोज मसान्तसम्म १ दशमलव ८८ प्रतिशत रहेको निष्कृय कर्जा चालू आर्थिक वर्षको असोज मसान्तसम्म २ दशमलव ६० प्रतिशत कायम भएको छ ।

कम्पनीले असोज मसान्तसम्म २ अर्ब ५५ करोेड ४५ लाख रुपैयाँ सापटी लिएको छ । त्यस्तै उक्त अवधिमा १ अर्ब २ करोड ९ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ ।

कम्पनकिो चुक्तापूँजी २८ करोड ८१ लाख रुपैयाँ रहेको छ । असोज मसान्तसम्म कम्पनीले ८ करोड ३९ लाख रुपैयाँ जगेडा कोषमा राखेको छ । उक्त अवधिसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ १५१ रुपैयाँ ५७ पैसा रहेको छ ।

National life Banner
Dhulikhel Eco Resort 1200*100