GBIME

नेशनल माइक्रोफाइनान्सको करिब ८० हजार कित्ता शेयर लिलामीमा

1.15K
shares

काठमाडौं, २९ वैशाख । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको करिब ८० हजार कित्ता शेयर लिलामीमा आएको छ । कम्पनीले ७९ हजार ८७३ कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गर्न लागेको हो ।

उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले असार १ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । उक्त शेयरको न्यूनतम मूल्य रू. १ हजार तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने हुन्छ ।

 

Premier Steel Banner