प्राइम लाइफको नाफा १७ प्रतिशतले घट्यो
![KTM Voice KTM Voice](https://www.ktmvoice.com/wp-content/themes/new_theme_ktmvoice/images/small_icon.jpg)
वि.सं.२०७९ वैशाख २९ बिहीवार ११:०६
shares
काठमाडौं, २९ वैशाख । प्राइम लाइफ इन्स्योरेन्स (PLIC) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३ अर्ब ४९ करोड ४६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा १३.५९ प्रतिशतले धेरै हो ।
गत आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ३ अर्ब ७ करोड ६६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
यस्तै कम्पनीले लगानी कर्जा तथा अन्य आयबाट ९६ करोड ५० लाख रुपैयाँ र बीमालेख धितोमा कर्जा लगानी गरी १२ करोड ५९ लाख रुपैयाँ आम्दानी गरेको छ ।
यस अवधिमा कम्पनीको खुद नाफा भने १७.०९ प्रतिशतले घटेर १८ करोड ९५ लाख रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले २२ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
चुक्ता पूँजी २ अर्ब ७७ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ५० करोड ५४ लाख रुपैयाँ, बीमा कोषमा १७ अर्ब ६३ करोड ११ लाख रुपैयाँ र महावित्ती कोषमा १७ करोड ६७ लाख रुपैयाँ सञ्चित छ ।
यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ९ पैसा, प्रतिशेयर नेटवर्थ १२४ रुपैयाँ ५४ पैसा र मूल्य आम्दानी अनुपात ७४.२४ गुणा रहेको छ ।