GBIME

निर्वाचनले सहर सुनसान, गाउँमा चहलपल

1.87K
shares

काडमाडौं, २९ वैशाख । शुक्रबार हुने निर्वाचनका लागि अधिकांश व्यक्तिहरु गाउँतिर लागेपछि अहिले शहर सुनसान बनेका छन् । काठमाडौं लगायत शहरमा पेशा व्यवसाय गर्ने साथै विद्यार्थीका रुपमा रहेकाहरु गाउँगए पछि शहरी क्षेत्र सुनसान देखिएका हुन् ।

सहरी क्षेत्र सुनसान बन्दा गाउँघर भने भरिभराउ देखिन थालेका छन् । रोजगारी, पेशा व्यवसाय र अध्ययन गर्ने व्यक्तिहरु गाउँमा गए पछि गाउँघरमा दशैंको झल्को दिन थालेको छ । स्थानीय निर्वाचनमा राजनीतिक दलहरुले पनि आफ्ना मतदाताहरुलाई गाउँघर लगिरहेका छन् । सफल र सक्षम नेतृत्व चयन गर्नका लागि युवाहरु गाउँघर तिर हानिएका हुन् । धेरै जनालय यो पटक पहिलो पटक मतदानमा समेत सहभागिता हुँदैछन् ।

विराटनगर, काठमाडौं, बुटवल, नारायणगढ, पोखरा, नेपालगन्ज, धनगढी लागायत क्षेत्रबाट पहाडी तथा हिमाली जिल्लामा जाने व्यक्तिहरु आ–आफ्नो स्थानिय तहमा पुगिसकेका छन् । साथै नजिकका जिल्लामा जानेहरु भने बिहीबार विहान पनि गइरहेका देख्न सकिन्छन् । काठमाडौंबाट टाढा–टाढा जानेहरु भने बुधबार नै गन्तव्यका लागि छुटिसकेका छन् ।

यसका साथै जिल्लाका सदरमुकमा तथा स्थानीय पालिकाहरुमा बसोबास गर्नेहरु पनि अहिले गाउँघर तिर लागेकाले ति ठाउँपनि सुनसान बन्दै गएको देखिन्छ । बुधबारसम्म चाप देखिने सदरमुकमा विहीबार शान्त देखिएका छन् । हिजोसम्म गाउँघर फर्किनेको चाप भए पनि आज भने अवस्था सामान्य नै रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी हवल्दार नाराण बहादुर बस्नेतले बताएका छन् । काठमाडौं विराटनगर लगायत क्षेत्रबाट सोलुखुम्बु र ओखलढुङ्गा जाने व्यक्तिहरुमध्ये अधिकांश बुधबार नै पुगिसकेको जनाइएको छ ।

चुनावका कारण सहर केन्द्रित व्यक्तिहरु गाउँघर तिर लागे पछि सदरमुकाममा रहेका कार्यालयहरुमा हुने भिडभाड समेत कम देखिएको छ । जिल्ला सदरमुकाम सुनसान रहेको र सरकारी कार्यालयमा सेवाग्राही न्यून रहेको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताएका छन् । सरकारी कार्यालय खुला छन् तर सेवाग्राही भने न्यून छन्,’ प्रजिअ प्याकुरेलले भने । अहिले सदरमुकाम भन्दा गाउँहरुमा भिडभाड बढीरहेको उनले जानकारी दिए ।

उपत्यकाका सडक शान्त
चुनावको अधिकाशं व्यक्तिहरु गाउँघर तिर लागे पछि काठमाडौंका सडक पनि सुनसान जस्तै बनेका छन् । सवारी साधनको चाप पनि अरु दिनको भन्दा निकै घटेको ट्राफिक प्रहरीले जनाएको छ । अघिल्ला दिनहरुभन्दा उपत्यकामा सवारीको संख्यामा निकै गिरावट आएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयकाले जनाएको छ । विहानै देखि उपत्यका छाड्नेहरु सवारी साधनहरु निर्वाध रुपमा चलिरहेको र अवस्था सामान्य रहेको बताइएको छ ।

Premier Steel Banner