निर्वाचनको समयमा बढ्यो इन्धनको खपत

2.9K
shares

काठमाडौं, २९ वैशाख । स्थानीय तहको निर्वाचनमा इन्धनको खपत बढेको छ । नेपाल आयल निगमका अनुसार निर्वाचनको समयमा पेट्रोलियम पदार्थको प्रयोग ह्वात्तै बढेको हो ।

निगमले सार्वजनिक गरेको दैनिक खपत विवरण अनुसार सामान्य दिनको तुलनामा निर्वाचनको समयमा पेट्रोलियम पदार्थको खपत ह्वात्तै बढेको देखिएको छ । निगमका अनुसार १० वैशाखमा ९४ किलो लिटर पेट्रोल र ३१ किलोलिटर डिजेल विक्रि भएको थियो । २७ वैशाखमा यो परिणाम बढेर ५ हजार ६५३ किलो लिटर पेट्रोल र २ ९९० किलो लिटर डिजेल विक्रि भएको छ ।

निगमका सार्वजनिक गरेको पछिल्लो १० दिन (वैशाख १७–२७) को अवधिमा २५ हजार ७२१ किलोलिटर पेट्रोल र ५० हजार ८४५ किलोलिटर डिजेल खपत भएको छ । निगमको यो तथ्यांक हेर्दा यो अवधिमा दैनिक १० हजार किलोलिटर डिजेल र ५ हजार किलोलिटर पेट्रोल विक्रि भइरहेको हो ।

निगमका अनसार यो १० दिनको अवधिमा सबैभन्दा धेरै १९ वैशाखका दिन १० हजार ४७९ किलोलिटर पेट्रोल र ४ हजार ९१० किलोलिटर डिजेल विक्री भएको छ । सबैभन्दा कम इन्धन विक्री २४ वैशाखमा भएको देखिएको छ । यो दिन पेट्रोल ११ किलोलिटर र डिजेल १६ किलोलिटर विक्री भएको देखिएको छ । सामान्य अवस्थामा भने दैनिक २ हजार २०० देखि २ हजार ५०० समय पेट्रोल र ५ हजार देखि ५ हजार ५०० समय डिजेल विक्री हुन्थ्यो ।