चिनियाँ केन्द्रीय बैंकको क्षेत्रीय शाखाले चिनियाँ युआन लगानी नेपाल पठायो

1.13K
shares

काठमाडौं, २९ वैशाख । चिनियाँ केन्द्रीय बैंकको तिब्बतस्थित क्षेत्रीय शाखाले चिनियाँ युआन लगानी सफलतापूर्वक नेपाल पठाएको छ।

साढे सात लाख आरएमबी चिनियाँ मुद्रामा तिब्बतबाट नेपालमा भित्रिएको हो । यो नेपालमा चिनियाँ मुद्रामा आएको पहिलो सीमापार प्रत्यक्ष लगानी व्यवसाय हो। यो सँगै तिब्बत क्षेत्रबाट नेपालमा चिनियाँ मुद्रामा हुने व्यवसायको अभावपूर्ति भएको छ। यतिमात्रै नभई नेपालमा चिनियाँ मुद्राको वास्तविक अवतरण भएको छ। टिबेट कुन्ह्वा एग्रिकल्चरलले प्रांगारिक मल कारखानामा ३० लाख युआन लगानी गर्दै छ ।

हाल यो व्यवसाय टिबेट कुन्ह्वा एग्रिकल्चरल डेभलपमेन्ट कम्पनी लिमिटेडले हेरिरहेको छ। यो कम्पनी रासायनिक मल र अर्गानिक प्रांगारिक मलजस्ता कृषिजन्य सामग्रीको बिक्री संस्था हो भने कृषिसम्बन्धी प्रविधिको प्रवर्द्धन र विकासमा समेत संलग्न रहँदै आएको छ।

 

Kumari Banner