Dhulikhel Eco Banner new

झण्डै ३ खर्बले घट्यो नेपालको वैदेशिक सम्पत्ति

5.85K
shares

काठमाडौं, २९ वैशाख । चालू आर्थिक वर्षको चैतसम्मको नौ महिना अवधिमा नेपालको विदेशमा भएको सम्पत्ति २१.६ प्रतिशतले घटेको छ।

राष्ट्र बैंकका अनुसार अघिल्लो वर्ष २७.३ प्रतिशतले बढेको सम्पत्ति चालू आर्थिक वर्षमा घटेको हो। सन् २०२० को अप्रिलसम्म नेपालको वैदेशिक सम्पत्ति १० खर्ब ८२ अर्ब छ। अघिल्लो वर्षको तुलनामा २ खर्ब ९८ अर्ब रुपैयाँ सम्पत्ति घटेको छ। अघिल्लो वर्ष २ खर्ब ९६ अर्ब रुपैयाँ वैदेशिक सम्पत्ति बढेको थियो। वैदेशिक विनिमय दरको आधारमा सम्पत्ति घटबढ हुने गरेको छ।