GBIME

हुम्लामा झडप, मतदान कार्य स्थगित

1.03K
shares

काठमाडौं, ३० वैशाख । हुम्लाको चंखेली गाउँपालिका वडा नम्बर दुईमा रहेको महावेव मावि मतदान केन्द्रमा झडप हुँदा मतान कार्य स्थगित भएको छ । गठबन्धन र स्वतन्त्र पक्षबीच झडप भएको र अहिले मतदान कार्य रोकिएको मतदान अधिकृत कृष्ण प्रसाद आचार्यले बताएका छन् ।

झडप हुँदा मतदान अधिकृत आचार्य सहित अर्का कार्यालय सहयोगि समेत घाइते भएका छन् । ढुङ्गामुढा भएको र छातिमा ढुङ्गा लागेको आचार्यले बताए । त्यस्तै कार्यालय सहयोगिसँगै एक जना स्थानीय महिला पनि घाइते भएको बताइएको छ । झडपपछि प्रहरीले ८ राउण्ड अश्रुग्यास प्रहार गरेको जनाइएको छ ।

अहिले मतदान कार्य रोकिएको र मतदान सुचारु गर्ने विषयमा छलफल भइरहेको बताइएको छ । मतदान कार्य नरोक्ने जानकारी आएको र अहिले छलफल भइरहेको आचार्यले बताए ।

Dhulikhel Eco Resort 1200*100