GBIME

प्रदेश १ योजना आयोगको उपाध्यक्षमा लोक्सोम नियुक्त

996
shares

विराटनगर, २२ चैत । प्रदेश १ सरकारले प्रदेश योजना आयोगको उपाध्यक्षमा डा. पूर्ण लोक्सोमलाई नियुक्त गरेको छ । यसैगरी प्रदेश १ खेलकुद बोर्डको सदस्य सचिव पर्शुराम बस्नेतलाई बर्खास्त पनि गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यी निर्णयहरु गरेको हो ।

पाँचथरका डा. लोक्सोम माओवादी केन्द्रको कोटाबाट योजना आयोगको उपाध्यक्ष बनेका हुन् । शेरधन राई नेतृत्वको सरकारले लोक्सोमलाई योजना आयोगको सदस्यमा नियुक्त गरेको थियो । राजेन्द्र राई नेतृत्वको वर्तमान पाँच दलीय गठबन्धनले उनलाई उपाध्यक्षमा नियुक्त गर्यो ।

प्रदेश १ सरकारका प्रवक्ता तथा यातायात तथा सञ्चार मन्त्री उपेन्द्र घिमिरेका अनुसार बैठकले आयोगको सदस्यमा डा। ज्ञानेन्द्रबहादुर कार्की, नारायण कोइराला, प्रकाश राई र अञ्जु खड्कालाई नियुक्त गरेको छ । कार्की संखुवासभा, कोइराला सुनसरी, राई भोजपुर र खड्का मोरङका हुन् ।

Dhulikhel Eco Resort 1200*100