GBIME

बाजुराको बुढीगंगामा हवाई फायर

996
shares

काठमाडौं, ३० वैशाख । बाजुरा जिल्लाको बुढीगंगा गाउँपालिका वडा नम्बर ९ मा रहेको एक मतदान केन्द्रमा प्रहरीले हवाइ फायर भएको छ । मतदान केन्द्रमा कांग्रेस र एमाले बीच झडप भए पछि स्थिति नियन्त्रणमा लिनका लागि प्रहरीले हवाई फायर गरेको हो ।

मतदानका लागि लाइनमा बसेको अवस्थामा ठलमठेल हुँदै झडपको अवस्था सिर्जना भए पछि प्रहरीले स्थिति नियन्त्रणमा लिनका लागि ३ राउड हवाई फायर गरेको बजुराका सहायक प्रमुख जिल्ला अधिकारी लोक बहादुर विष्टले बताएका छन् । उनका अनुसार प्रहरीमाथिनै ढुङ्गामुढा भएपछि प्रहरीले हवाई फायर गरेको बताए ।

अहिले प्रहरीले स्थितिलाई निन्त्रणमा लिइसकेको र अवस्था सामान्य रहेको उनको भनाई छ । अहिले पुनः मतदान सुचारु गर्ने विषयमा छलफल भइरहेको उनले बताए ।

Dhulikhel Eco Resort 1200*100