GBIME

अपराह्न १२ बजेसम्म देशभर ३५ प्रतिशत मत खस्यो

1.06K
shares

काठमाडौँ, ३० वैशाख । स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत आज अपराह्न १२ बजेसम्म देशभर ३५ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।

कूल ७५३ स्थानीय तहका १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान सुरु भई जारी छ । केही छिटफुट घटनाबाहेक देशभर शान्तिपूर्ण तथा उत्साहजनकरुपमा मतदान भइरहेको आयोगले जनाएको छ ।

दोलखा, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, हुम्ला र बाजुराका केही मतदानस्थलमा सामान्य विवादका कारण मतदान कार्य अवरुद्ध भएको र पुनःसञ्चालन गर्ने प्रयास भइरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । मतदान हुन नसकेका स्थानमा छिट्टै मतदान सुरु हुने उनले बताएका छन् ।

 

Dhulikhel Eco Resort 1200*100