GBIME

झापामा दुई मतदान अधिकृत कारबाहीमा

1.37K
shares

काठमाडौं, ३० वैशाख । झापामा दुुई मतदान अधिकृतले निर्वाचन आयोगको नियम उल्लंघन गरेर कारबाहीमा परेका छन् ।

झापाको कमल गाँउपालिका –६ मा खटिएका निर्वाचन अधिकृत शैलेन्द्र कर्णले हिजो राती नै एकजना उम्मेद्वारलाई ८८ वटा मतदाता पत्र दिएको उजुुरी परेको थियो । आफ्नो परिवार वा सम्बन्धित मतदाताले मात्र लिन पाउने नियमलाई उल्लंघन गरेको उजुरी परेको हो ।

यस्तै झापा गाउँपालिका वडा नं ६ शरणामतिको जनता मावि मतदान केन्द्रका सहायक अधिकृत सुुरेन्द्र बस्नेतले मादक पदार्थ सेवन गरेर आएको मतदाताको गुनासो आएपछि बस्नेत कारबाहीमा परेका हुुन् ।

कारबाही स्वरुप दुुबैजनालाई मतदान केन्द्रबाट फिर्ता बोलाइएको जिल्ला निर्वाचन आयोगका अधिकृत तुुलसी कुुमार नेपालले जानकारी दिएका छन् ।

Dhulikhel Eco Resort 1200*100